आज सम्म नेपाललाई कसले कसले चलाए? चलाउन त चलाए जनताहरुको बारेमा सोचेर कुन चाहिं सरकार अथवा शासकले काम गरे? यो देश सरकारले चलाएको छ कि सरकार बिना नै चलिरहेको छ? हाम्रा नेताजी हरु त बि. पी. को समाजबाद, कार्ल मार्क्स, लेनिन र माओका साम्यवाद अनि के के बाद को बारे मा कुरा गर्नु हुन्छ . त्यो भनेको तात्विक अर्थ मा के हो थाहा छ कि छैन होला? जिज्ञासा उत्पन्न हुन्छ . यी सबै बाद हरुको एक मात्र उद्द्येश्य के होला त्यो हाम्रा नेता हरु लाइ थाहा छ कि छैन होला. २ - ४ वटा सिद्धान्त का किताब पढेर आफुलाई धुरन्धर बनाउने यी नेताहरु ले जनता को वास्तविक मर्म बुझ्न सक्छन र? जनता को मर्म बुझ्न त रात दिन मेहेनत गर्ने बानि भएका नेता हुनु पर्दैन र? चाकडी चाप्लुसी गर्ने मान्छेहरुको बीचमा बसेर आफुलाइ ठुलो अनि माहान सोचेर तिनै जनताको रगत चुस्ने जुका (बुर्जुवा) मा परिणत हुँदै गएका नेताहरुको वास्तविकता कसैको अगाडी लुकेको हुन्छ र? इतिहासका प्रत्येक पानालाइ यदि राम्रो संग हेर्ने हो भने निम्नमध्यम बर्गीय धरातल बाट एक्कासी देशको बागडोर सम्हाल्न पुगेका यी नेता हरुको समान व्यवहार भेटाउन सकिन्छ. यो क्रम बाइसे चौबिसे पाला बाट आज सम्मका कुनै पनि नेताहरुमा हु ब हु समान छ.
आज सम्म शासन गर्ने शासक हरुको फेहरिस्त यस्तो छ .
----------------------------------------------------------------
विक्रम सम्बत १८२५ सम्म बाइसे चौबिसे राजा
१८२५ बाट १९०३ सम्म नेपालको एकीकरण र राजपरिवारको झैझगडायुक्त शासन.
१९०३ बाट २००७ राणा शासन
२००७ बाट २०१५ राणा, कांग्रेस, राजाको बीचमा तानातान.
२०१५ बाट २०१७ कांग्रेसको भारि बहुमतको सरकार.
२०१७ बाट २०३७ एकतन्त्रीय पंचायती शासन.
२०३७ बाट २०४६ सुधारिएको पंचायती शासन.
२०४६ बाट २०६७ बहुदलीय संसदीय शासन.